Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पुष्प व्यवसायीलाई तिहारकालागी फूल टिप्ने चटारो

  •   ३ वर्ष अघि | २४ कार्तिक २०८०, शुक्रबार

कार्तिक २४, बर्दिया । बर्दिया जिल्लाका पुष्प व्यवसायीलाई तिहार नजिकिएसँगै फूल टिप्ने चटारो परेको छ । घर दैलोमा आउँदै गरेको तिहारका लागि मखमली र सयपत्री फूल टिप्ने तथा त्यस फुलको माला उनेर बाहिरी जिल्लामा पठाउन अहिले व्यवसायीहरुलाई चटारो परेको हो।

गुलरिया नगरपालिका–३ स्थित खैरीमा व्यावसायिकरूपमा पुष्पखेती गर्दै आउनुभएकी पार्वती थारूले मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले स्थानीय कामदार राखेर फूल टिप्ने गरेको बताइन्।

“कस्तो हुन्छ भनेर गत वर्ष चार कठ्ठा जग्गामा फूलखेती गरेको थिए”, उनले भनिन् “राम्रो भएपछि यस वर्ष आफ्नै एक बिघा जग्गामा फूलखेती गरेको गएको वर्षमा भन्दा यसपालि फूलको माग बढी रहेको छ।”

थारू मागअनुसार बजारमा फूल पठाउन नसकेको बताउँछिन। उनले आप्नो जमिनमा उत्पादन भएका फूल समयमै टिपेर त्यसको माला उनेर स्थानीय बजारदेखि दाङ, बाँके, काठमाडौँसम्म पठाउने गरेको बताइन् ।

  • न्युज बहार संवाददाता

थप