असोज २१, काठमाडौँ । आइतबार साताको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।
सुनको
मूल्य आइतबार प्रतितोला तीन सय रुपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख सात हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आइतबार नेपाली बजारमा चाँदीको मूल्य पनि
बढेको छ।
चाँदी आइतबार प्रतितोला २० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता