जेठ
९, काठमाडौँ। आज मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।
सुनको
मूल्य यस दिन प्रतितोला आठ सय रुपैयाँ घटेको छ।
आज
छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ।
त्यस्तै आज मंगलबार चाँदी १० रुपैयाँले घटेर प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
- न्युज बहार संवाददाता