Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

तिन महिनाको समयअवधिमा १० लाख बराबरको नक्कली नोट बरामद।

  •   ४ वर्ष अघि | १२ चैत्र २०७९, आइतवार

चैत १२, काठमाडौँ। पछिल्लो तीन महिनामा नेपाल प्रहरीले १० लाख रूपैयाँभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ।

मंसिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिएका छन।

मंसिरपछि मात्र नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका 'प्रहरी प्रधान कार्यालयको तथ्यांकले जनाएको छ।  छन्। गत मंसिरमा तीन जना पक्राउ परेका थिए भने पुसमा १७ पक्राउ परेका थिए।

त्यस यता यही चैत १ गते काठमाडौंको कालोपुलबाट नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनकारी दिएको छ। पक्राउ पर्ने सबैसँग ५०० र १००० का नोट धेरै मात्रामा बरामद गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप