Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दुधको मुल्य बढाउन माग ।

प्रतिलिटर दश रूपैयाँका दरले बढाउने प्रस्ताव ।

  •   ४ वर्ष अघि | ८ फाल्गुन २०७९, सोमवार

फागुन ८, काठमाडौँ । उद्योगीहरूले दूधको मूल्य प्रतिलिटर दश रूपैयाँका दरले बढाउन प्रस्ताव गरेका छन्। 

उद्योगीहरुले दूध उत्पादनको लागत बढेको भन्दै दूधको मूल्य बढाउन प्रस्ताव गरेका हुन्। 

नेपाल डेरी एसोसिएसन,राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघको, डेरी उद्योग संघ र समन्वयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रस्ताव गरेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताएका छन। 

उनका अनुसार संघले मूल्य लागत अध्ययन प्रतिवेदन तयार गरेर मन्त्रालयलाई पेश गरेको छ। 

अध्यक्ष प्रल्हाद दाहालले भने 'हामीले सचिवलाई प्रतिवेदन दिएका छौं। सचिव ज्यूले मन्त्री ज्यूलाई प्रतिवेदन दिइसक्नु भएको छ, 'दूधको मूल्य बढाउने प्रस्ताव आज बस्ने मन्त्री परिषद्को बैठकमा लैजाने मन्त्रालयबाट जानकारी आएको छ।' 

पछिल्लो समय दूधको उत्पादन धेरै घट्दै गएको उनले बताए। 

उद्योगीहरूले दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातको अनुमति खोल्न समेत माग गरेका छन्। अहिले सरकारले दूध तथा दुग्धजन्य पदार्थ आयातमा प्रतिवन्ध लगाएको छ। सोही प्रतिवन्धलाई हटाउने माग उद्योगीहरूले गरेका छन ।

थप