Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

राजमार्गको छेउमा साना छाप्राबाट दैनिक १५-२० क्विन्टल तर्बुजा बिक्री

  •   २ वर्ष अघि | २७ बैशाख २०८१, बिहिबार

बैशाख २७, कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा देख्दा के होला भन्ने लाग्न सक्छ । त्यी छाप्रामा तर्बुजा (खर्बुजा) राखेर कोही ग्राहक कुरिरहेका हुन्छन भने कोही बिक्रीमा व्यस्त रहेको देख्न सकिन्छ ।

तर्बुजा बेच्नेको भीड कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका११ पर्ने वनरा पुल वारिपारी प्रस्सत देख्न सकिन्छ । यहाँ रोकिएर महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरुले तर्बुजा खरीद गर्ने गर्छन्। 

गत चैतदेखि कृष्णपुर नगरपालिका२ का रामकृष्ण चौधरीले राजमार्ग छेउमा तर्बुजा बिक्री गर्न अस्थायी छाप्रो बनाएर पसल थापेका छन । उनले वनरा नदीको बगरमा तर्बुजा खेती गर्ने र बर्सेनि राजमार्गमा छाप्रो बनाएर तर्बुजा बिक्री गर्दै आएका छन् । 

उनका अनुसार उनले बगरमा पाँच कठ्ठा र अन्यत्र दुई बिगाह जमिनमा तर्बुजा, काक्रा, फर्सी खेती गरेको छन । उनको तर्बुजा बिक्रीबाट घरखर्च चल्ने गरेको छ

उनका अनुसार दैनिक रु तीन-चार हजारको बिक्री हुने गरेको छ, भने चैत महिनादेखि जेठ अन्तिमसम्म राजमार्गमा पसल थापेर तर्बुजा बिक्री गर्ने गरिएको छ । अहिले दैनिक १५-२० क्विन्टल तर्बुजा बिक्री भइरहेको छ । अहिले प्रतिकिलोग्राम रु ५० का दरले तर्बुजा बिक्री हुने गरेको छ ।

  • न्युज बहार संवाददाता

थप