फागुन
२५, काठमाडौँ । अहिले बजारमा पाइने काउलीमा अधात्याधिक विषादी फेला परेको छ । कालीमाटी
तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार कालीमाटी तराकि बजारमा धादिङबाट
बिक्रीका लागि ल्याइएको काउलीमा ७१.४८४ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको
छ ।
आज आइतबार
कालीमाटी तरकारी बजारका १९ पसलको १९ वटा केन्द्रीय कृषि प्रयोगशालाले तरकारी तथा
फलफूल परीक्षण गर्दा काउलीमा अधात्याधिक विषादी भेटाएको हो ।
यति धेरै
मात्रामा सो मात्रा अर्गानोफस्फेट नामक विषादी भेटिएकोले यो काउली खान अयोग्य
रहेको प्रयोगशालाले जनाएको छ ।
- न्युज बहार संवाददाता