नेपाली बजारमा आज मंगलबार सुन
चाँदी दुबैको मूल्य बढेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज नेपालि बजारमा मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज चाँदीको मुल्य सोमबारको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको हो।
- न्युज बहार संवाददाता