फागुन १९, काठमाडौँ । आज साताको दोस्रो दिन सोमबार नेपाली बजारमा
सुन र चाँदी दुबैको मुल्य स्थिर रहेको छ ।
आज बजारमा सुनको मुल्य स्थिर रहेको हो ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा
कारोबार भइरहेकोमा आज सोमबार पनि सुन सोही मूल्यमा कारोबार भइरहेको नेपाली
सुनचाँदी व्यवसायीले जनाएको छ ।
त्यसैगरी
आज सोमबार चाँदीको मूल्य पनि स्थिर
नै रहेको छ।
आइतबार
प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य(एक
हजार नौ सय १५ रूपैयाँ) मा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता