Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राइड सेयरिङ एपहरूको लागि कार्यविधि तयार गर्दै बागमती प्रदेश ।

कार्यविधिको मस्यौदा तयार भइसकेको छ ।

  •   ४ वर्ष अघि | ७ फाल्गुन २०७९, आइतवार


फागुन ७, काठमाडौँ । बागमती प्रदेश सरकारले राइड सेयरिङ एपहरूको नियमनका लागि कार्यविधि तयार पार्दैछ। बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलका अनुसार राइड सेयरिङ एपहरूको नियन्त्रण र उचित व्यस्थापनका लागि 'विद्युतीय सूचना प्रणालीबाट सञ्चालन गरिने राइड सेयरिङ सेवा सञ्चालन कार्यविधि २०७९' तयार हुने गर्न लागिएको हो।

उनका अनुसार उक्त कार्यविधिको मस्यौदा तयार भइसकेको छ । कार्यविधि पारित भएसँगै यातायात व्यवस्था कार्यालयमा दर्ता नभएसम्म बागमती प्रदेशभित्र सञ्चालन हुने सम्पूर्ण राइड सेयरिङ एपहरूले सञ्चालन गर्न पाउने छैनन्। 

पछिल्लो समय राइड सेयरिङ एप प्रयोगकर्ताहरूले राइडरबाट अभद्र व्यवहार जस्तै गालीगलौज, ठगी भएका धेरै घटनाहरू सार्वजनिक भइरहेका छन्। यतिबेला नेपालमा पठाओ, इनड्राइभर, टुटल, सहारा, क्याब ट्याक्सी,सजिलो, ट्याक्सिमान्डूलगायत करिब एक दर्जन बढी राइड सेयरिङ एप सञ्चालनमा छन्। यी एपहरूको नियमनका लागि हालसम्म उचित कार्यविधि छैन। उनीहरूले कम्पनी रजिष्ट्रारको कार्यालय तथा उद्योग विभागमा दर्ता भएर सेवा दिइरहेका छन् ।

थप