Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अनुमति बिना सडक बत्ती जडान नगर्न प्राधिकरणको आग्रह।

डक बत्तीको बक्यौता धेरै रहेकोले तत्काल भुक्तानी गर्नसमेत आग्रह।

  •   ४ वर्ष अघि | २४ फाल्गुन २०७९, बुधबार

फागुन २४, काठमाडौँ। सडक बत्ती जडान गर्न नेपाल विद्युत् प्राधिकरणले सहमति लिनुपर्ने बताएको छ।प्राधिकरणले आफूखुसी जाथाभावि सडक बत्ती जडान नगर्न आग्रह गरेको छ।

साथै नेपाल बिधुत प्राधिकरणले सडकमा जडित बत्तीको विद्युत् खपत मापनका गर्नको लागि मिटर जडान गर्न पनि आग्रह गरेको छ। यस्तै सडक बत्तीको बक्यौता धेरै रहेको भन्दै प्राधिकरणले सम्बन्धित सबैलाई तत्काल भुक्तानी गर्नसमेत आग्रह गरेको छ।

प्राधिकरणले एक सूचना निकालेर भनेको छ ‘सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नु परेको छ र सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल यथाशीघ्र भुक्तानी गर्नुहोला।’

प्राधिकरणले प्राधिकरणको सहमति नलिई विद्युत् लाइनबाट सडक बत्ती जडान नगर्न पनि सोही सुचनाबा अनुरोध गरेको छ। 

  • न्युज बहार संवाददाता

थप