माघ २८, काठमाडौँ । आइतबार आकस्मिक बाहेकका
सेवा बन्द गर्ने घोषणा नेपाल चिकित्सक संघले गरेको
छ। शुक्रबार
राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकमाथि राष्ट्रपतिको सवारीको क्रममा कुटपिट भएको
भन्दै संघले आपत्ति जनाएको छ।
शनिबार
दिउँसो बसेको संघको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक डा.
जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा आकस्मिकबाहेक देशभरका स्वास्थ्य
सेवा ठप्प पार्ने निर्णय गरेको हो ।
नेपाल चिकित्सक संघको विज्ञप्तिमा भनिएको छ ‘लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक
गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध
मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना
गर्नु न्यायोचित नभएको संघको ठहर छ’ ।
शुक्रबार
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सक सिंहलाई कुटपिट
गरी गम्भिर घाइते बनाएको थियो । आफ्नि परिचयपत्र देखाउँदा देखाउँदै पनि उनिमाथी अस्पताल परिसर भित्रै
प्रहरीद्वारा आक्रमण भएको थियो ।