असार २७, काठमाडौँ। नेपाली बजारमा बुधबार सुन-चाँदीको मूल्य बढेको छ।
सुन आज प्रतितोला तीन सय रुपैयाँले बढेको हो।
आज बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
- न्युज बहार संवाददाता