असोज ८, काठमाडौँ । कालोबजारी गरेको आरोपमा वाणिज्य विभागले काठमाडौँको सबैभन्दा ठूलो चिनी गोदामलाई सिल गरेको छ ।
गृहेश्वरी ट्रेडलिंकको गोदाम कुलेश्वरमा लेबल अस्पष्ट भएको र कृत्रिम भण्डारण गरेर राखिएको चिनीको गोदामलाई वाणिज्य विभागले सिल गरेको हो ।
चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परिक्षणका लागि पठाइएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले पुष्टि गरेका छन ।
पोखरेलका अनुसार करिब ७० हजार किलो चिनी भण्डारण गरेको भेटिएको र अहिले चिनीको गोदाम सिल गरेर गुणस्तर परीक्षणका लागि पठाइएको हो ।
- न्युज बहार संवाददाता