१३ जना कालाकार सहितको टोलीले
नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। काठमाडौंको बानेश्वरस्थित थापागाउँमा दयाहाङ राईसहित १३ जना
कलाकारहरुले मिलेर ‘लेन्चाखिम’ नाम गरेको रेष्टुरेन्ट
सञ्चालनमा ल्याएका हुन।
एक करोड
२० लाख रूपैयाँभन्दा बढी लगानीमा उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो। लेन्चाखिम सञ्चालन गर्न क्रममा मण्डला
नाटकघरसँग जोडिएका सबै कलाकारहरू मिलेर रेष्टुरेन्टको सुरुवात गरिएको हो। जसमा सृजना
सुब्बा, बुद्धि
तामाङ, दयाहाङ
राई लगायतका कालाकार १३ जना छन्।
मण्डला नाटकघरको माथिल्लो दुई
तलामा गएको हप्ता देखि सञ्चालनमा आएको यो रेष्टुरेन्ट छ। क्याफे पहिलो तलामा छ भने
बारसहितको रेस्टुरेन्ट दोस्रो तलामा छ।
राईको वान्तवा
भाषामा रेष्टुरेन्टको नाम राखिएको छ। राईको वान्तवा भाषामा 'लेन्चा' भनेको खाजा र 'खिम' भनेको घर हो।
- न्युज बहार संवाददाता