जेठ २९, काठमाडौँ। आज सोमबार स्थानिय बजारमा सुन–चाँदी दुबैको मुल्यमा सामान्य गिरावट आएको छ।
आज सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबारको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँ घटेर १४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता