फागुन १६, काठमाडौँ । प्रहरीले एक युवकलाई सवारी चालक अनुमतिपत्र लाइसेन्स नक्कली बनाएको आरोपमा पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछाप स्थायी ठेगाना भएका र हाल भक्तपुरको ब्याँसी बस्ने २८ वर्षका नवीन मानन्धरलाई पक्राउ गरेको बताएको छ।
अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले नविनले स्कुटर, मोटरसाइकल र बसको लाइसेन्स नक्कली बनाएर प्रयोग गरेको पाइएको जानकारी दिएका छन। प्रहरीले मानन्धर सँगबाट दुईवटा नक्कली लाइसेन्स पनि बरामद गरेको छ भने उनि माथी लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको ।