असोज २३, काठमाडौँ । असोज ३ गते काठमाडौँको
कुलेश्वरस्थित एक गोदाममा व्यापारीले लुकाएर राखेको अवस्थामा बरामद गरिएको ७० हजार
किलो चिनी साल्ट ट्रेडिङबाट बिक्री सुरु भएको छ ।
१४ सय बोरा
चिनी लेबल उल्लेख नभएको अवस्थामा काठमाडौँ जिल्ला प्रशासन र वाणिज्य विभागको
संयुक्त अनुगमनमा फेला परेको थियो ।
उक्त चिनी व्यवसायी सन्तोष
अग्रवाल (खेतान) को गुह्वेश्वरी ट्रेडिङमा फेला परेको थियो । वाणिज्य विभागले उक्त
चिनिको गुणस्तर परीक्षणपछि लेबल उल्लेख नभएको कसुरमा व्यवसायीलाई ३ लाख जरिवाना समेत
गरेको थियो।
वाणिज्य
विभागले चिनीको अवैध भण्डारण गर्ने फर्मलाई कमजोर कारबाही गरेर उन्मुक्ति दिएको
भन्दै आलोचना भइरहेको बेला उक्त चिनी सहुलित पसलमा बिक्री गर्ने निर्णय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको
थियो ।
अहिले साल्ट ट्रेडिङले व्यवसायीबाट
खरिद गरेर मन्त्रालयको निर्देशनपछि चिनी बिक्री सुरु गरेको जनाएको हो ।
- न्युज बहार संवाददाता