Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नुवाकोटको चैनपुरमा बस दुर्घटना २ जनाको मृत्यु ।

२० जना घाइतेहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको छ ।

  •   ४ वर्ष अघि | ४ फाल्गुन २०७९, बिहिबार


फागुन ४, नुवाकोट । नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  नुवाकोटमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

त्रिशुलीबाट खड्गभन्ज्याङ जान लागेको बा २ ख ८४५ नम्बरको बस बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।  बिदुर नगरपालिका १२ चैनपुरमा पल्टिएर दुर्घटना भएको हो ।

बसमा सवार २० जना घाइतेहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको छ। दुर्घटनापछि बसका चालक फरार भएका छन्। मृतक २ पुरूषको पहिचान खुलेको छैन। डिएसपी खड्काका अनुसार बस सडकबाट २० फिट तल खसेको छ। प्रहरीले फरार रहेका चालकको खोजी गरिरहेको छ।  

थप