Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सोह्र श्राद्ध सुरु भएसँगै मुक्तिनाथमा दर्शनार्थीको चहलपहल बढ्दै

  •   २ वर्ष अघि | ५ असोज २०८१, शनिबार

असोज ५, मुस्ताङ । केही दिनयता प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा दर्शनार्थीको चहलपहल बढ्दै गएको छ । प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा विशेषतः नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ आउने दर्शनार्थीको संख्या बड्ने गर्दछ ।

मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीका अनुसार यस वर्ष सोह्र श्राद्ध सुरु भएसँगै मुक्तिनाथमा आउने दर्शनार्थीको संख्यामा बृद्धि भएको छ । देशका विभिन्न स्थानबाट सोह्र श्राद्ध सुरु भए यता आउने दर्शनार्थीहरू बढ्दै गएका छन्  र पितृ पक्ष अवधिभर नै यहाँ दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ ।

मुस्ताङ आएका दर्शनार्थीहरुले कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गर्ने गर्छन । यसो गर्दा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहेको छ । मन्दिर आउने दर्शनार्थीले यहाँका एक सय आठ धारामा स्नान गरी पूजाआजा गर्दछन् । तीर्थ जलका रुपमा एक सय आठ धाराको पानीलाई घरघरमा लैजाने प्रचलन पनि रहेको छ । मुक्तिनाथ धार्मिक दृष्टिका साथै प्रकृति र संस्कृतिको अनुपम गन्तव्य मात्र नभएर पर्यटकीय रुपमा पनि उत्तिकै महत्वपूर्ण स्थानका रुपमा परिचित छ । 

थप