Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदै

  •   २ वर्ष अघि | २६ चैत्र २०८०, सोमवार

चैत २६, काठमाडौँ । आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । आज काठमाडौँमा घोडेजात्राको अवसर विविध कार्यक्रमको आयोजन गरिएको छ । यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गर्दै हरेक वर्ष कृष्ण औँसी तिथिमा मनाइने गरिन्छ । 

टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापाभन्ने राक्षसले तत्कालीन समयमा सहरका बालबालिकालाई खाने गरेकाले त्यस राक्षसको संहार गरिएको तर, उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई हानी गर्न सक्ने भयका कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी सहरभर घोडा कुदाउने प्रचलन रहेको मान्यता रहिआएको छ ।

घोडा कुदाउँदा उसको टापले गुरुमापाभन्ने प्रेतात्मालाई कुल्चिने र त्यसले वर्षभर बालबालिकालाई दुःख दिन नसक्ने, बालबालिकामाथि खतरा नबन्ने जनविश्वास रहेको छ । 

आज सोमबार सरकारले घोडेजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ । 

  • न्युज बहार संवाददाता

थप