Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउनको चौथो सोमबार, देशभरका शिव मन्दिरमा भक्तजनको भिड ।

  •   ३ वर्ष अघि | २२ साउन २०८०, सोमवार

साउन २२, काठमाडौँ । आज साउनको चौथो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ ।

लाखौँ भक्तजन बिहानैदेखि साउने झरीमा रुझ्दै पशुपतिनाथलगायत देशभरका विभिन्न शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि लामो लाइनमा बसीरहेका छन ।

पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले साउनको सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने भएकाले बिहान ३ बजेदेखि नै चारै वटा ढोका खुला गरिएको जानकारी दिएका छन ।

आज बिहानैदेखि राजधानीका नागेश्वर, गोकर्णेश्वर, डोलेश्वर, बौँडेश्वर वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवस्थानलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । देशभरका ठूला तथा साना शिवालयमा पनि भक्तजनको भिड लागेको छ ।

  • न्युज बहार संवाददाता

थप