Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज बडादशैंको सातौँ दिन कालरात्रि देवीको पुजा गरि घरमा फूलपाती भित्र्याइँदै

  •   ३ वर्ष अघि | ४ कार्तिक २०८०, शनिबार

कार्तिक ४, काठमाडौँ । आज नवरात्र अर्थात् बडादशैंको सातौँ दिन दशैंघर वा पूजा कोठामा फूलपाती भित्र्याइँदै छ ।  फूलपाती भित्राउनुका साथै आज नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ ।

कालरात्रि देवीको दुर्गा पक्षको सातौं दिन विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेको छ । नवरात्रमा पुजिने सम्पुर्ण देवीको स्वरुपलाई कालरात्रि मान्ने गरिन्छ । विभिन्न पुराण अनुसार कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको भन्ने गरिन्छ ।

पौराणिक ग्रन्थमा प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको उल्लेख गरिएको छ ।

घटस्थापना गरिएको स्थलमा नवरात्रका नौ दिन दुर्गा सप्तशती (चण्डी), देवी स्तोत्र,  श्रीमद्देवी भागवतलगायत पाठसमेत गर्ने गरिन्छ ।

देवीको आराधना गरी पूजा गरेमा नवरात्रका अवसरमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहि आएको छ ।

नेपाली सेनाले  आज बडादशैंको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गर्दैछ । यस फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम हो । यो कार्यक्रमको मुख्य आकर्षण सैनिक परेड हो ।

त्यसैगरी आज हनुमानढोका दरबारका लागि गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौँको फूलपातीसहितको डोली पठाइँने गरिन्छ  । काठमाडौँको हनुमानढोका दरबारबाट तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले राजकाज सुरु गरेदेखि बर्सेनि बडादशैंको सातौँ दिन गोरखा दरबारको दशैं घरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहेको छ ।


  • न्युज बहार संवाददाता

थप