कार्तिक २, काठमाडौँ । आज वडा दसैँ तथा नवरात्रको पाँचौँ दिन पूजा कोठा वा दसैँघरमा दुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
स्कन्दमाताको प्रत्येक वर्ष नवरात्र वा आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ ।
दसैँको पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरि नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा श्रीमद्देवीभागवत, दुर्गा सप्तशती (चण्डी), लगायत देवी स्तोत्र पाठ समेत गर्ने गरिन्छ । देवीको आराधना गरी नवरात्रका अवसरमा पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
- न्युज बहार संवाददाता