Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज असार ७ गते बिहिबार राशीफल।

  •   ३ वर्ष अघि | ७ असार २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल असार ७  गते, असार कृष्ण चतुर्थी तिथी बिहिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज  लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न सकिदैँन । नियमित खर्चसमेत बढ्ने र अरुको साथ र सहयोग मिल्ने योग रहेको छ।

वृष - तपाईको आज ठीक समयमा सही निर्णय लिन सक्नाले राजनैतिक क्षेत्रमा र व्यापार व्यवसायमा सफलता मिल्ने  र लाभदायक यात्राको सम्भावना छ।

मिथुन - तपाईको आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने, सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने, शुभारम्भको चर्चा चल्ने र रोकिएको काम पुरा हुन सक्ने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज अरुलाई प्रभावित पारेर काम बन्न सक्ने छ। शैक्षिक क्षेत्रमा सफलता मिल्ने र न्यायिक कार्यमा सफलता मिल्नेछ भने व्यापारमा राम्रै धनलाभ पनि हुनेछ।

सिंह – तपाईको आज कुनै यात्रा र भ्रमण गर्नु पनि उचित नहुनसक्छ। तपाईं आज पानी र चिसोबाट विशेष सतर्क रहनुपर्नेछ, साँझमा भने शुभ समाचार सुन्न पाइएला।

कन्या - कन्या राशीका तपाईको आज एकपछि अर्को अवसर आउला मन प्रसन्न होला। घरमा अतिथिको आगमन होला। भूमिबाट लाभ मिल्ने र साथीभाइले पनि राम्रै सहयोग गर्नेसक्छन।

तुला - तपाइको आज धर्मकर्म तथा समाजसेवामा मन जानेछ। नयाँ काम सुरु गर्ने, चलखीपूर्ण बोलीले काम बन्ने, भाग्यले विभिन्न अवसर जुराउने समय रहेको छ।

वृश्चिक – तपाईको आज रोकिएका अधुरा काम पुन: सुचारु हुनेछ। शुभ र मङ्गल कार्यको चर्चा होला। नयाँ कामको योजना या प्रारम्भ समेत हुनसक्लान।

धनु – तपाइको आज स्वास्थ्यमा खर्च बढ्न सक्ला। यात्रामा मालसामान हराउने र साना तिना समस्यामा अल्झनुपर्ने तथा शरीरमा स्फूर्ति र उमङ्गको कमी आउन सक्छ।

मकर - मकर राशीका आज धैर्य एवं लगनशीलताले अवसर दिलाउला। नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै। आर्थिक क्षेत्रमा राम्रो सफलता पाइएला। प्रेम सम्बन्ध कसिलो होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज भाग्यले विभिन्न अवसर दिनेछ। कुनै कुराले अनुहारमा कान्ति छाउला। घरमा अतिथिको आगमन हुनुका साथै सङ्गीतमा रुचि पनि बढ्न सक्छ।

मिन – तपाइको आज रोकिएका काम पुनः सुरु हुन सक्लान। आर्थिक कारोबारमा सफलता मिल्नुका साथै मित्रबाट विशेष सहयोग पाइएला, लाभदायक यात्राको पनि योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप