शुभ बिहानी, आज २०८० साल साउन ३२ गते, साउन शुक्ल प्रतिपदा तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज आफन्तको
प्रगतिमा मन रमाउला। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त होला। आर्थिक
क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिनेछ।
वृष – तपाइको आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने
देखिन्छ। घरायसी व्यवहारबाट टाढै बस्नु होला। सवारी चलाउँदा विपत्ति आइलाग्न सक्ने
हुनाले सचेत रहन अनुरोध छ।
मिथुन - तपाईको आज काममा सफलता मिल्ने तथा मनमा भएको बोझ हटेर जानेछ।
अरूले सापटी लगेको रकम फिर्ता पाइएला। मानसम्मानसमेत प्राप्त होला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज महिला
वर्गबाट विशेष सहयोग मिल्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुने
तथा व्यापार व्यवसायमा प्रगति हुनेछ।
सिंह – तपाईको आज
श्रमको उचित मूल्याङ्कन होला। व्यापार व्यवसायमा सफलता पाइएला। धर्म तथा
समाजसेवामा मन जानेछ। नयाँ कामको थालनी पनि होला।
कन्या - कन्या राशीका तपाईको आज लाभदायक यात्रा होला। आज लाभहानी, आयव्यय, सुखदुःख
बराबरी मध्यम खालको समय रहेको छ । मेहनतीहरूका लागि दिन फलदायी नै होला।
तुला - तपाइको आज चलाखीपूर्ण
बलिको प्रभावले आँटेको काम पुरा होला। जोशजाँगर र हिम्मत बढ्ने तथा। कला र गलाको
प्रभाव बढेर जानेछ। वाहन लाभ पनि मिल्न सक्छ।
वृश्चिक – तपाईको आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान।
आत्मिक सन्तुष्टि पाइएला। दानपुण्यका कार्यमा सहभागी भइने तथा शुभकार्यको चर्चा
पनि हुने समय छ।
धनु – तपाइको आजको दिन आज बन्धु बान्धवबाट सहयोग पाइएला। राजनीतिक
कार्यमा सफलता मिल्ला। वैदेशिक कार्य अघि बढ्ने तथा स्वास्थ्यमा सुधार पनि आउला।
मकर - मकर राशीका तपाइको आज सोचेजस्तो
लाभ हासिल गर्न केही समय कुर्नुपर्ला। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ने छ तर साँझमा सहयोग मिल्ने र मन प्रसन्न रहनेछ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज आफन्तसँग रमाइलो
भेटघाट होला। कुनै कुराले मनमा शान्ति छाउने तथा मनोरञ्जनमा सहभागिता भइने र प्रेम
सम्बन्धमा मधुरता छाउने योग छ।
मिन –
तपाइको आज नयाँ
कार्य वा रोजगारको अवसर पाइएला। धार्मिक कार्यमा रुचि बढ्ने तथा रचनात्मक कार्यबाट
अरूको मन जित्न सकिने र प्रेममा पनि सफलता पाइने समय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता