Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज योमरी पूर्णिमा, नेवार समुदायको महत्वपुर्ण चाड

  •   २ वर्ष अघि | ३० मंसिर २०८१, आइतवार

मंसिर ३०, काठमाडौँ । आज योमरी पूर्णिमा नेवार समुदायले नयाँ धान भित्र्याएको खुसीयालीमा मनाउने पर्व । यस पर्वलाई नेवार समुदायले हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमा मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने गरिन्छ भने यसलाई योमरी पुन्हि पनि भन्ने गरिन्छ ।

यो पर्वलाई नेवार समुदायको ठूलो चाडका रूपमा लिइन्छ । यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा मनाइन्छ । आजको दिन बनाइने योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

आज बिहान सबेरैदेखि योमरी बनाउन घरका महिला व्यस्त हुने गर्छन् । आजको दिन सबेरै नुहाइधुवाइ सकेर घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन रहेको छ ।

संस्कृतिविद्हरुका अनुसार यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने गर्दछन । 

  • न्युज बहार संवाददाता

थप