फागुन १५, नवलपरासी । आज ४२औँ राष्ट्रिय मगर
एकता दिवस विभिन्न कायक्रम गरी मनाइदैँ छ । देशैभरका मगर समुदायले राष्ट्रिय मगर
एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् ।
आज मगर
एकता दिवसको अवसरमा मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट
सुस्तापूर्व)का विभिन्न स्थानहरुमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायतका
कार्यक्रम सञ्चालन हुदैँ छन् ।
मगर सङ्घका उपाध्यक्ष इन्द्र फालमगरका अनुसार अन्य समूह तथा नेपाल मगर
सङ्घ जिल्ला कार्यसमितिले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको छ ।
सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र
गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाले मगर
स्थापना दिवसका अवसरमा स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको उनले बताएका छन ।
- न्युज बहार संवाददाता