Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज २५६८ औँ बुद्ध जयन्ती

  •   २ वर्ष अघि | १० जेष्ठ २०८१, बिहिबार

जेठ १०, काठमाडौँ । आज २५६८ औँ बुद्ध जयन्ती । प्रत्येक वर्ष विश्वमा शान्तिका अग्रदूतका रूपमा परिचित सिद्धार्थ गौतमको जन्म जयन्ती आज अर्थात वैशाख शुक्ल पूर्णिमाका दिन मनाइन्छ । 

यो पर्व विश्व शान्ति स्थापनाका लागि सिद्धार्थ गौतमले पुर्‍याएको योगदानको स्मरण स्वरूप मनाउने गरिएको हो । नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले वैशाख शुक्ल पूर्णिमाकै तिथिमा बुद्धको जन्म, ज्ञान प्राप्ति र मृत्यु पनि परेकाले यस दिन बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । 

आज बौद्ध धर्मावलम्बीले गुम्बा, चैत्य, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्ने गर्दछन । सरकारले आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन आह्वान गरेको छ । 

  • न्युज बहार संवाददाता

थप