बैशाख ७, काठमाडौँ । आज बैशाख कृष्ण
औँसी अर्थात आज मातातिर्थ औँसी। आजको दिन आफ्नो जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाइँदैछ ।
हरेक वर्षको वैशाख कृष्ण औँसीका दिन यस दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने
यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भन्ने गरिन्छ ।
आमा खुवाउने औंसीको दिन बिहान सबेरै उठेर स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । यस दिन आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गरेको पाईन्छ।
बैशाख कृष्ण औंसीका दिन दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न काठमाडौंको मातातीर्थमा भव्य मेला लाग्ने गर्दछ। काठमाडौँको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।
आमा नहुने नारी पुरुष दुबैले मातातीर्थमा गई स्नान गरेर हरिहर (विष्णु र शिव) को पूजा गर्छन् ।यसरी आमा नभएकाहरुले वर्षै पिछे वा एक पटक भने पनि यस औंसीका दिन मातातिर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत रहेको छ।
- न्युज बहार संवाददाता