असार १४, काठमाडौँ । आज हरिशयनी एकादशी। प्रत्येक वर्ष आषाढ शुक्लको दिन हरिशयनी एकादशी पर्ने गर्दछ। यस दिनप्रत्येकको घरघरमा तुलसीको बिरुवा सार्ने प्रचलन रहेको छ। आजको दिन सारेको तुलसीलाई अबका चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुने गर्दछ ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सार्ने प्रचलन रहेको छ।
परम्पराअनुसार तुलसीको विरुवालाई भगवान विष्णुको प्रतीकका रुपमा मान्ने र पुज्ने गरिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने गरिन्छ ।
- न्युज बहार संवाददाता