Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज चैत्र ८ गते बुधबारको राशीफल।

  •   ४ वर्ष अघि | ८ चैत्र २०७९, बुधबार

शुभ बिहानी, आज चैत्र ८ गते चैत शुक्ल प्रतिपदा तिथी बुधबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको आज अरुलाई प्रभावित पारेर काम बन्ने समय छ। चुनौती पार गर्दै काम बनाउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइनुका साथै व्यापार व्यवसायमा लाभ मिल्ने योग छ।

वृष – आज तपाईले गर्ने प्रयत्न निष्फल जस्तै हुनेछ। अनावश्यक झमेलामा आउला। चुनौतीको सामना गर्नुपर्नेछ । प्रयत्न गरे थोरै फाइदा पनि लिन सकिएला।

मिथुन – आज तपाईंको धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। नयाँ कार्यको थालनी हुने समय छ। कूटनीतिक नियोगको सहयोग मिल्नेछ भने सफल यात्राको योग पनि रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। विशिष्ट व्यक्तिको सहयोग पाइने योग छ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ।

सिंह –तपाईले आज योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउने र सम्पत्ति हराउने साथै साँझमा खर्च बढ्न सक्ने छ।

कन्या –   आज कन्या राशीका तपइहरुले शुभ समाचार सुन्न पाउनुहोला। नयाँ कार्यको थालनी हुन सक्नेछ। राजनैतिक कार्यमा सफलता मिल्ने योग छ। आम्दानी पनि प्रशस्तै बढ्न सक्ला।

तुला – आज तपाइको जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। मनोरञ्जनमा सहभागि हुने सम्भावना रहेको छ। प्रशस्त धन आर्जन गर्ने अवसर मिल्नेछ।

वृश्चिक - आज आँटेको र सोचेको कार्य पुरा हुन सक्छ। सामाजिक सभासमारोहमा भाग लिनु पर्ने हुन सक्छ। साहित्यिक क्षेत्रमा रुचि बढ्नुका साथै नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

धनु – तपाइको आज भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुने योग छ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ भने जनताको गतिलो समर्थन मिल्ने समय छ।

मकर - मकर राशीका मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ भने मुद्दामामिलामा विजयी भइने समय रहेको छ।

कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज शत्रुहरू किनारा लाग्नेछन्। चिताएको कामले तीव्रता लिनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। जोश जाँगर र हिम्मत पनि बढ्ने समय छ।

मिन – तपाईको आज विभिन्न अवसरले पछ्याउनेछन्। नजिकको मित्रसँग भेटघाट हुनेछ भने पठनपाठनमा प्रगति हुनेछ, तर दिनको उत्तरार्धमा खर्च बढी हुन सक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप