Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज चैत्र २७ गते सोमबारको राशीफल।

  •   ४ वर्ष अघि | २७ चैत्र २०७९, सोमवार

शुभ बिहानी, चैत्र २७ गते बैशाख कृष्ण चतुर्थी तिथी सोमबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको लागी आज आफूलाई कमजोर भएको महशुस होला। मन खिन्न हुने स्थिति आउन सक्छ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिएको छ।

वृष– तपाईको आज चलाखीपूर्ण बोलीले काम सिद्ध होला। साथीभाइसँग समय बितेर जानेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्न सक्छ।

मिथुन – तपाईको आज समाजसेवामा मन जानेछ भने ठीक समयमा सही निर्णय लिन सकिएला। महत्वपूर्ण कामको थालनी हुने र कुनै कुराले मनमा शान्ति छाउने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुले आज रमाइलो यात्राको सम्भावना रहेकोछ, रोकिएको धन हात पर्न सक्छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै स्वादिष्ट भोजन मिल्न सक्छ।

सिंह –तपाईको आज स्वास्थ्यमा समस्या आउने र सहकर्मीबाट विरोध आउन सक्छ। गरेका काममा ढिलासुस्ती हुनुका साथै महत्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ।

कन्या –   आज कन्या राशीका तपाईको पारिवारिक जमघटमा मन रमाउला। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने र धर्मकर्म तथा समाजसेवामा मन जाने योग छ।

तुला – आज तपाइको महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर आफ्नो काम बन्ला। सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग मिल्नेछ।

वृश्चिक – तपाईको आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुन सक्छ। मनोरञ्जनको क्षेत्रमा पनि सफलता हात पर्ला।

धनु – आज तपाइले अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिन सकिन्छ सचेत रहनुहोला। अल्छीपना पनि बढ्ने समय छ।

मकर - मकर राशीका तपाईको आज श्रमको उचित मूल्याङ्कन हुनेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ। जोशजाँगर र उमंग बढेर जाला भने आर्थिक कारोबारमा सफलता मिल्नेछ।

कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज राजनैतिक कार्यमा सफलता मिल्ने र विपरीत वर्ग प्रति आकर्षण बढ्ने समय छ। घरमा अतिथिको आगमन हुनेछ भने स्वास्थ्यको ख्याल गर्नु पर्नेछ।

मिन – तपाईको मन आज शुभ कार्यमा सरिक हुनेछ। चिताएको कामले तीव्रता लिनुका साथै कलासाहित्यमा रुचि बढ्न सक्छ। वैदेशिक कार्य पनि अघि बढ्ने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप