शुभ बिहानी, चैत्र २१ गते चैत शुक्ल त्रयोदशी तिथी मंगलबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको आज रोजगारको अवसर
मिल्ने र महिला वर्गबाट विशेष सहयोग मिल्ने समय छ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ
भने अरुलाई प्रभावित पारेर काम बन्ला।
वृष –तपाईको आज स्वास्थ्यमा
समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्नेछ। मनमा चञ्चलता बढ्नेछ, तर साँझको समयमा शुभ समाचार सुन्नमा आउने छ।
मिथुन – तपाईको आज विद्या र बुद्धिको विकास हुने र मङ्गल
कार्यको योग रहेकोछ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी हुनुहोला। रोजगारको अवसर
पनि मिल्ने योग छ।
कर्कट - कर्कट राशी हुनेहरुको आज शुभकार्यको
चर्चा चल्नेछ भने आफन्तसँग भेटघाट हुनेछ। सफल यात्राको र उपहार पाइने सम्भावना रहेकोछ।
मनमा शान्ति पनि छाउने छ।
सिंह –तपाईको आज मङ्गल कार्यको
योग रहेकोछ। चिताएको कामले तीव्रता लिने र व्यापार, व्यवसायबाट फाइदा लिन सकिने योग छ भने महिला
मित्रबाट विशेष सहयोग पनि मिल्नेछ।
कन्या – आज कन्या राशीका तपाईको अनावश्यक ठाउँमा धन खर्च हुने योग छ।
निर्णय कार्यान्वयन हुन नसक्ने र मनमा दुबिधा उत्पन्न हुने समय छ। बुद्धिले काम गर्न
नसक्ने हुनाले,
सचेत रहनु जरुरी देखीन्छ।
तुला –
आज तपाइको अनावश्यक ठाउँमा धन खर्च हुने र निर्णय कार्यान्वयन
हुन नसक्ने देखिन्छ। मनमा दुबिधा उत्पन्न होला। बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु जरुरी देखिन्छ।
वृश्चिक – तपाईको आज मानसिक चिन्ता
बढेपनि कार्यक्षेत्रमा भने प्रगति होला। अरुलाई प्रभावित पारेर काम हुनेछ। कला र
गलाको प्रभाव बढेर जाला। धन पनि हात पर्न सक्छ।
धनु – आज तपाइको बुद्धिको
उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउने
र बौद्धिकताको विकास हुने समय छ।
मकर - मकर राशीका तपाईको व्यर्थको
यात्रामा जान बाध्य भइने छ। मन खिन्न हुने स्थिति आउने र नजिक व्यक्तिबाट धोका
पाइन सकिनेछ। पेट सम्बन्धी समस्या पनि आउला।
कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्ने समय छ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नुका साथै उपकार गरेर
अरुको मन जित्न सकिएला।
मिन – तपाईको आजको दिन अचल सम्पत्ति हात
पर्ने र धार्मिक कार्यमा रुचि बढ्ने समय छ। वित्तिय संस्थाबाट सहयोग मिल्नुका साथै।
प्रेम र मित्रताको बन्धन कसिने बेला रहेको छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता