शुभ बिहानी, आज २०८० साल बैशाख ६ गते बैशाख कृष्ण चतुर्दशी तिथी बुधबार। न्युज बहार.कम अनलाईन पत्रिकाको
नियमित खण्ड अन्तर्गत
तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको
राशिफल।
मेष- मेष राशि
हुनेहरुको लागी आज स्वास्थ्य तथा
सौन्दर्यतामा धन खर्च हुनसक्छ। अरुको भलाइका लागि दौडधुप गर्नु पर्ला। घरायसी विवाद
बढेर जानेछ। चोटपटक पनि लाग्ला।
वृष– तपाईको आज लाभहानी, आयव्यय, सुखदुःख
बराबरी मध्यम खालको दिन रहेको छ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर
मिल्न सक्छ।
मिथुन – तपाईको आज शुभकार्यको चर्चा चल्ने र महिला वर्गबाट
विशेष सहयोग मिल्ने योग छ। आर्थिक क्षेत्र मजबुत हुने हुनेछ। न्यायिक कार्यमा
सफलता पाइएला।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज सजिलै अरुको विश्वास जित्न सकिएला। विद्या र बुद्धिको विकास हुनुका साथै
आकस्मिक धन लाभ हुनसक्छ। राजनैतिक क्षेत्रमा सफलता होला।
सिंह –तपाईको आज गरेका काममा
ढिलासुस्ती हुनुका साथै बोलीको विपरीत अर्थ लाग्न सक्ने हुनाले सचेत रहनुहोला। दिनको
उत्तरार्धमा बढी धन खर्च हुने देखन्छ ।
कन्या – कन्या राशीका तपाइको आज कुनै
कुराले मनमा शान्ति आउला भने आँटेको र ताकेको कार्य पुरा हुने देखिन्छ। धार्मिक र
सांस्कृतिक सभासमारोहमा सरिक हुने पाइएला।
तुला –
आज तपाइलाई आज मनमा हर्ष, उमङ्ग
र उत्साह छउनेछ। प्रेम र मित्रताको बन्धन कसिने र सुन्दर पहिरनले व्यक्तित्वमा
निखारता पनि ल्याउला।
वृश्चिक – तपाईको आज भाग्यले विभिन्न
अवसर दिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्नुहोल। प्राविधिक क्षेत्रबाट लाभ
मिल्ने र विवाद कम भएर जाने योग छ।
धनु – तपाइको आज घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ। यात्रा
चिन्तापूर्ण होला भने लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न सकिदैन। ।
मकर - मकर राशीका तपाईको आज धर्मकर्म तथा
समाजसेवामा मन जानुका साथै राज्यबाट मानसम्मान पनि मिल्ला। छोटो दुरीको लाभदायक
यात्रा होला। वाहन सुख पनि मिल्ने योग छ।
कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्ला, वैदेशिक क्षेत्रको काम राम्रो
होला। मनमा हर्ष,
उमङ्ग र उत्साह आउनेछ भने वस्त्र पनि लाभ हुने योग छ।
मिन –तपाईको आज धना हात पर्न सक्नेछ भने
वैदेशिक क्षेत्रबाट सफलता मिल्ने र भौतिक साधन जुटाउने समय रहेकोछ। आफ्नो
क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता