Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बैशाख ३१ गते आइतबारको राशीफल।

  •   ३ वर्ष अघि | ३१ बैशाख २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल बैशाख ३१ गते, जेठ कृष्ण नवमी, दशमी तिथी आइतबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज नयाँ ज्ञान सिक्ने र नयाँ कार्य वा रोजगारको अवसर मिल्न सक्छ। धार्मिक कृत्यमा या शुभ कार्यमा सरिक भइएला।

वृष - तपाईको आज कुनै कुराले मनमा शान्ति छउला। धर्मकर्ममा मन जानेछ। गरेका कामबाट राम्रै लाभ हुने र दैनिक कार्यमा प्रगति हुने देषकिन्छ।

मिथुन - तपाईको आज रोकिएका काम पुनः सुरु हुनेछन। जोशजाँगर र उमङ्ग बढ्नु का साथै वैदेशिक कार्य अघि बढ्ला । शुभ कार्यमा सरिक भइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी  आज लाभहानी, आयव्यय, सुखदु:ख बराबरी खालको समय रहेको छ। धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने योग छ।

सिंह – तपाईको आज शुभकार्यको चर्चा हुने र आँटेको, ताकेको कार्य पुरा हुने समय छ। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने  र पढाइमा पनि प्रगति नै हुने देखिन्छ।

कन्या - कन्या राशीका तपाइँको आज नयाँ कार्यको योजना बन्नेछ। नजिकको मित्रहरुसँग भेटघाट होला। परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि रहेको छ।

तुला - आज तपाइको आत्मबलमा कमी आउला। मनमा चिन्ता र दुबिधा उत्पन्न हुनसक्छ। स्वास्थ्य प्रति सचेत रहनु आवश्यक हुनेछ भने शुभ कार्यमा सरिक भइएला।

वृश्चिक – तपाईले आज मन भावुक र उत्ताउलो हुन सक्छ। अनावश्यक ठाउँमा धन खर्च होला। सरकारी निकायको भएपनि रहने छ, तर शुभ कार्यमा सरिक भने भइएला।

धनु – तपाइले आज पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने छ। विपरित वर्गबाट विशेष सहयोग मिल्ने र जोशजाँगर तथा हिम्मत बढ्ने समय छ।

मकर - मकर राशीका तपाईको शुभकार्यको चर्चा चल्ने र प्रेम जीवन सुखद् रहनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। महिला वर्गबाट विषेश सहयोग पाइएला।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज एउटै कामबाट दोहोरो लाभ हुनेछ। राजनैतिक र कूटनैतिक कार्यमा सफलता मिल्ने र निर्णय कार्यान्वयन हुन संघर्ष गर्नु पर्ने समय छ।

मिन - तपाईको आज राजनैतिक र सामाजिक कार्यमा दोष लाग्न सक्ने समय छ। कसैले झुट पनि बोल्नसक्छन्, तर साँझमा नयाँ र शुभ समाचार सुन्न पाइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप