Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बैशाख २७ गते बुधबारको राशीफल।

  •   ४ वर्ष अघि | २७ बैशाख २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल बैशाख २७ गते, जेठ कृष्ण पञ्चमी तिथी बुधबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज पारिवारिक सद्भाव बढ्ला। आँटेको र ताकेको कार्य पुरा हुनसक्छ। महिला वर्गबाट सहयोग मिल्ने र स्वास्थ्य प्रति सजग रहनु पर्नेछ।

वृष - तपाईलाई आज मन खिन्न हुने स्थिति आउनसक्छ, जिद्दीपनाले गर्दा काम बिग्रने भए छ। स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ र शेयर बजारबाट राम्रो लाभ हुनसक्छ।

मिथुन - तपाईको आज श्रमको उचित मूल्याङ्कन हुने र मनमा हर्ष, उमङ्ग र उत्साह छाउने समय छ। कला र गलाको प्रभाव बढ्ने तथा शुभ समाचार सुन्न पाउने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज इनाम र प्रतिष्ठा कमाउने बेला समय छ। परिवारमा सुख सन्तोष हुनेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय रहेको छ।

सिंह – तपाईको आज माया प्रेममा सामीप्यता बढ्दै जाला भने घर परिवार तथा आफन्तहरुबीचको सम्बन्धमा सुधार आउला। शुभ समाचार सुन्ने समय आउला।

कन्या - कन्या राशीका तपाइँको आज प्रेममा बाधाका साथै मन कमजोर रहनेछ। घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ। कार्यमा अवरोध आउने र दिनको उत्तरार्धमा खर्च बढ्ने योग छ।

तुला - आज तपाइको आज राज्यबाट मान सम्मान पाइने र घरमा अतिथिको आगमन हुने योग छ। बोलीको भरमा कार्य सम्पादन होला। आर्थिक लाभ पनि राम्रै हुनसक्छ।

वृश्चिक – तपाईले आज कुनै कुराले मन प्रसन्न र नयाँ, शुभकार्यको चर्चा हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने र स्वास्थ्य प्रति सजग रहनु पर्ने समय छ।

धनु – तपाइका आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न होला। सवारी साधनको खरिद बिक्री हुने योग रहेकोछ । पारिवारिक र दाम्पत्य जीवन सुखमय होला।

मकर - मकर राशीका तपाईको आज गरेको काममा ढिलासुस्ती होला। तनाव बढेको महसुस हुनेछ, विचार गरेर निर्णय लिनु उचित रहला, साँझमा नयाँ खबर भने सुनिएला।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज अरुलाई प्रभावित पारेर काम बन्न सक्छ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध होला। आयआर्जनका क्षेत्रमा सुधार आउला। पठनपाठनमा प्रगति हुनसक्छ।

मिन - तपाईको आज शुभारम्भको चर्चा हुनेछ। इच्छा र आकाङ्क्षा पूर्ण होला। आफ्नै दक्षतामा कार्यहरू सम्पन्न होलान। शेयर बजारबाट पनि राम्रो लाभ हुनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप