Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बैशाख १४ गते बिहिबारको राशीफल।

  •   ४ वर्ष अघि | १४ बैशाख २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल बैशाख १४ गते बैशाख शुक्ल सप्तमी  तिथी बिहिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज कलहको योग रहेको छ, कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु जरुरी हुनेछ। आर्थिक क्षेत्रमा पनि सङ्कट र चिन्ता आउ सक्छ।

वृष - तपाईको आज घरमा अतिथिको आगमन होला। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनसक्छ। लाभदायक यात्रा रहने र नयाँ कार्यको थालनी हुने योग छ।

मिथुन - तपाईको आज विद्या र बुद्धिको विकास होला र नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने योग छ। कार्यसिद्धि गर्ने अवसर पाइएला। गरेको कार्यमा सफलता हात पर्ला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज मित्र वा आफन्तको सहयोग मिल्ने र मिष्ठान्न भोजन प्राप्ति हुने समय छ। साथी भाइको भेटघाटले मन प्रफुल्ल हुनेछ भने बौद्धिकताको विकास हुने योग छ।

सिंह – तपाईले आज गरेको काममा ढिलासुस्ती हुने र दबाब, तनाव बढेको महसुस होला। पारिवारिक समस्या आइपर्नसक्छ। विचार गरेर निर्णय लिनु उचित रहनेछ।

कन्या - कन्या राशीका तपाइलाई आज नसोचेको ठाउँबाट धन हात लाग्नेछ। धार्मिक तथा समाजसेवामा मन जानेछ भने अग्रजहरूको सल्लाह र अनुभव अनुसार कामगरे सफलता पाइएला।

तुला - आज तपाइको रोजगार वा नयाँ कार्यको अवसर मिल्नसक्छ। राजनैतिक वा कूटनैतिक कार्यमा सफलता होला। बन्धु बान्धवबाट विशेष सहयोग प्राप्त होला।

वृश्चिक - तपाईको आज नयाँ ज्ञान सिक्ने मौका पाउनुहुनेछ। काम गर्ने हौसला मिल्ने र विपरीत वर्ग प्रति आकर्षण बढ्ने योग छ। कार्य सम्पादनमा सहजता होला।

धनु - तपाइको आज मालसामान हराउने योग छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने र मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनेछ।

मकर - मकर राशीका तपाईको आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने योग छ। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ला। व्यापार व्यवसायबाट लाभ हुनेछ।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज महिला वा मित्रबाट विशेष सहयोग मिल्ने र शैक्षिक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ। कृषि कार्यमा प्रगति समेत होला। रमणीय, सुखद् यात्राको योग रहेको छ।

मिन - तपाईको आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय पनि छ। वैदेशिक कार्य अघि बढ्ने र धनार्जन हुने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप