Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बैशाख १३ गते बुधबारको राशीफल।

  •   ४ वर्ष अघि | १३ बैशाख २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल बैशाख १३ गते बैशाख शुक्ल षष्ठी तिथी बुधबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज रमणीय र सुखद् यात्राको योग का साथै बुद्धि र विवेकको सही प्रयोग गर्न सकिने समय रहेको छ। वित्तिय संस्थाबाट सहयोग पनि हुनेछ।

वृष - तपाईको आज कीर्तिमानी काम गर्ने र चलाखीपूर्ण बोलीले कार्य सिद्ध गर्ने समय रहेको छ। राजनैतिक कार्यमा सफलता होला भने बन्धुबाट सहयोग हुनसक्छ।

मिथुन - तपाईको आज शुभकार्यको चर्चा हुनेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट होला। आँटेको र ताकेको कार्य पुरा हुनसक्छ। दैनिक कार्यमा प्रगति हुने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज कार्यमा बाधा आउला। सरकारी निकायको भय हुनेछ, अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ, तर प्रेम सम्बन्धमा मधुरता छाउला।

सिंह - तपाईको आज पुरानो समस्या सुल्झाउन सकिएला। शुभ चिन्तकहरूले पूर्ण समर्थन दिनेछन, तर शेयर बजार र एजेन्टको काममा भने नोक्सानी हुनेछ।

कन्या - कन्या राशीका तपाइलाई आज नयाँ जिम्मेवारी प्राप्त होला। घरमा अतिथिको आगमन हुने र शुभकार्यको चर्चा हुनेछ। शेयर बजार र सट्टापट्टामा लाभ मिल्ने योग छ।

तुला - आज तपाइको आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ला। दिनको उत्तरार्धमा अनावश्यक धन खर्च बढ्नसक्छ।

वृश्चिक - तपाईको वैदेशिक क्षेत्र कमजोर रहला। कार्य सम्पादनमा समस्या आउने र  आत्मबल बढाएर काम गरेमा सफल भइँने योग छ, साँझमा बढी खुसी होला।

धनु - तपाइलाई आज मन मिल्ने साथीको सहयोग प्राप्त होला। जटिल ठानिएको कार्य सम्पादन सजिलै होला। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पाइएला।

मकर - मकर राशीका तपाईको आज नयाँ कार्यको योजना बन्ने र प्रविधि मार्फत अध्ययनलाई निरन्तरता दिन समय रहेको छ। नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग पनि रहेको छ।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज स्वादिष्ट भोजनको योग छ। शुभ कार्यको चर्चा चल्ने र विपरीत वर्ग प्रति आकर्षण बढ्ने समय छ। कामका विभिन्न अवसर आउला।

मिन - तपाईले आज आफूलाई कमजोर भएको अनुभूति गर्नुहुनेछ। शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु राम्रो हुन्छ। अनावश्यक र खर्चिलो यात्रा हुने सम्भावना रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप