Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सार्वजनिक स्थलमा अनुमति विना सञ्चालन भइरहेको धार्मिक महोत्सवमा महानगरले गर्यो अबरोध।

  •   ३ वर्ष अघि | ९ साउन २०८०, मङ्लबार

साउन ९, काठमाडौँ । शङ्खमुलमा भइरहेको धार्मिक महोत्सवमा काठमाडौँ महानगरपालिकाले अवरोध गरेको छ । काठमाडौँ महानगरपालिकाले शङ्खमुलको दोभानमा सञ्चालन भइरहेको ‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’ मा अवरोध गरेको हो ।

महानगर नगर प्रहरीको टोली सार्वजनिक स्थलमा अनुमति विना धार्मिक महोत्सव सञ्चालन गरेको सूचनाको आधारमा शङ्खमुल पुगेको थियो ।

महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले अनुमति विना सार्वजनिक स्थानमा हो–हल्ला हुनेगरी धार्मिक कार्यक्रम भइरहेको भन्ने गुनासो आएपछि कार्यक्रम नगर्न आयोजकलाई निर्देशन दिइएको जानकारी दिएका छन ।

तर आयोजकले वडा कार्यालयमार्फत अनुमति लिएरै भएपनि धार्मिक महोत्सवलाई निरन्तरता दिने अडान राखेर अनुमति लिन वडा कार्यालयमा गएपछि महानगरको टोली फर्किएको छ ।

  • न्युज बहार संवाददाता

थप