Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको इन्द्र जात्रा पर्व आज मनाइँदै

  •   ३ वर्ष अघि | ११ असोज २०८०, बिहिबार

असोज ११, काठमाडौँ । आज काठमाडौँ उपत्यकामा इन्द्र जात्रा पर्व धुमधामले मनाइँदै छ । सरकारले यस इन्द्र जात्रा पर्वको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक विदा समेत दिएको छ ।

इन्द्र जात्रा पर्व प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्छ यो जात्रा ललितपुर, काठमाडौँ, काभ्रे, भक्तपुर र दोलखालगायतका जिल्लाहरुमा आठ दिनसम्म मनाइने गरिन्छ ।

जात्राको मुख्य दिन आज रहेको हुनाले आज राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा गणेश, भैरव र कुमारीको रथयात्रा नजर गर्ने परम्परा रहेको छ ।

जात्रा काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको छ । आज परेको जात्राको अवलोकनका लागि चीनको विभिन्न प्रान्त र अमेरिकाको फेडरिसवर्ग सिटीबाट पनि पाहुनाहरु काठमाडौँ आएका छन् ।

असोज १० गते हिजो जीवित देवी कुमारी, भैरव र गणेशको पूजा गरिएको थियो । ती देवीदेवताको रथयात्रा आज हुने छ । यसरी रथ हुने सबै रुटहरुमा आज सबै प्रकारका सवारी साधनहरु निषेध गरिएको छ ।

जयप्रकाश मल्ल राजाको पालादेखि इन्द्र जात्राको प्रचलन सुरु भएको विश्वास गरिन्छ । 

  • न्युज बहार संवाददाता

थप