Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि आरम्भ

  •   ३ वर्ष अघि | १३ असोज २०८०, शनिबार

असोज १३, काठमाडौँ। पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि आरम्भ भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने स्वीकृति दिएको पात्रोमा उल्लेख छ ।

समितिका सदस्य प्राडा देवमणि भट्टराईले प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने जानकारी दिए ।

दिवङ्गत पितृलाई सोह्रवटा तिथि आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्ममा पिण्ड, तर्पण र सिदादान गरिने भएकाले यस समयलाई सोह्रश्राद्ध भनिएको हो ।

वैदिक सनातन हिन्दू परम्पराअनुसार चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिन सोह्रश्राद्ध गर्ने गरिएको हो । शास्त्रीय मान्यता अनुसार आफ्ना सन्तानबाट सोह्रश्राद्धमा पितृले तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने छ।

  • न्युज बहार संवाददाता

थप