भदौ १, कैलाली । आज भदौ १ गते सुदूरपश्चिम
क्षेत्रमा ओल्के पर्व मनाइने दिन । नेपालको सुदूरपश्चिम क्षेत्रमा आज ओल्के
संक्रान्ति मनाइने गरिन्छ । यस दिनका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले
सार्वजनिक बिदा समेत दिएको छ ।
सुदूरका पहाडी जिल्लामा साउने झरी सकिएलगत्तै विभिन्न प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा ओल्के पर्व मनाउने प्रचलन छ ।
ओल्कोको अर्थ सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’ भन्ने हुन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप फलफूल, कर्कलाको भित्री पात आदि दिनु, हातमा मेहेन्दी लगाउनु, मीठो–मसिनो खानु, यस पर्वको विशेषता रहेको छ ।
यस दिन ओल्कोको रूपमा सागपात, फलफूल, अन्न, दही, दूध, गूड, घिउ र अन्य पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइने गरिन्छ ।
- न्युज बहार संवाददाता