Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पशुपति क्षेत्रमा बाला चतुर्दशीको लागि आजदेखी बत्ती बाली जाग्राम

  •   ३ वर्ष अघि | २४ मंसिर २०८०, आइतवार

मंसिर २४, काठमडौँ । मानिसहरूले बाला चतुर्दशीको लागि पशुपति क्षेत्रमा बत्ती बालेर जाग्राम बस्ने तयारी सुरु गरेका छन।

सोमबार बिहान सतबीज छर्नको लागि पशुपति क्षेत्रमा आइतबार बेलुकीदेखि नै मानिसहरू बत्ती बालेर जाग्राम बस्न थालेका हुन्।

पितृ उद्धारका लागि उनीहरूको सम्झनामा बाला चतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रूपमा लिँदै विशेष गरी शतबीज छर्ने गरिन्छ।

पशुपतिनाथलगायत देशका अन्य शिवालयमा बाला चतुर्दशीको अघिल्लो दिन अर्थात मार्गकृष्ण त्रयोदशीको दिन दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिने प्रचलन छ ।

पितृलोक पनि यसरी बत्ती बाल्दा झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ। 

  • न्युज बहार संवाददाता

थप