Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वाधार थप गरिदैँ

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

भदौं १८, पर्वत । पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौरमा पर्यटन पूर्वाधार थप गरिएको छ । 

बाटुलेचौरमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका साथै भक्तजनहरुको संख्या बढ्दै गएको छ । बाटुलेचौर आकर्षणको केन्द्र बन्दै गएको हुनाले गत आर्थिक वर्षमा स्थानीय सरकारको र सङ्घीय प्रदेश सरकारको सहयोगमा र पूर्वाधार थप गरिएको हो । 

मन्दिर क्षेत्र विकास संस्थाका अध्यक्ष गणेश पौडेलका अनुसार कालीका भगवती मन्दिर र शिवको विशाल मूर्ति रहेको बाटुलेचौरमा आउने धार्मिक पर्यटकको सहजताका साथै मन्दिर परिसरलाई थप आकर्षक बनाउन पूर्वाधार निर्माण गरिएको हो भने मन्दिर परिसरमा बरपीपलका चौतारी पनि निर्माण गरिएको छ । 

अहिले मन्दिर परिसरमा एक सय २४ वटा चौतारी रहेको छ । स्थानीय र छिमेकी जिल्लाबाट दर्शनार्थीहरु शनित्रयोदशीमा एक सय आठ पीपल चौतारी घुम्न र पूजा गर्न आउने गरेका छन ।  त्यसैगरी नागरिक दिवा केन्द्र पनि निर्माण गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप