शुभ बिहानी, आज २०८० साल असार १२ गते, असार कृष्ण नवमी तिथी मंगलबार। न्युज
बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा
मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज भाग्यले विभिन्न अवसर दिनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। परिश्रमअनुसार उपलब्धि पनि
राम्रै होला।
वृष - तपाईको
आज धर्मकर्म तथा समाजसेवामा मन जानेछ। आर्थिक
क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ। काम देखाएर अरूको मन लोभ्याउन सकिएला।
मिथुन - तपाईको
आज पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रने डर
छ। आफूलाई कमजोर भएको अनुभूति हुन सक्छ। स्वास्थ्य प्रति सजग रहनु उचित होला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज शत्रुमाथि विजय प्राप्त हुने, श्रम मूलक वा
कृषिक्षेत्रका काममा मन जाने र शुभकार्यको चर्चा चल्ने योजना बन्न सक्छ।
सिंह – तपाईको आज
दैनिक कार्यमा प्रगति होला। राजनैतिक कार्यमा सफलता मिल्ला। सञ्चार र प्रविधि
मार्फत आफन्तसँग भेटघाट होला।
कन्या - कन्या राशीका तपाईको आज बन्न लागेको काम बिग्रन सक्छ। आफ्नो अधिकार
प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। सरकारी निकायको भय पनि उत्तिकै रहला।
तुला - तपाइको आज विवादमा भाग
नलिनु उचित होला। विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय चाहिन सक्छ, तीर्थ वा मन्दिरको भ्रमण हुने योग छ।
वृश्चिक – तपाईको आज शुभकार्यको चर्चा हुनेछ। लाभदायक योजना बन्ने र सांस्कृतिक
क्षेत्रमा रुचि बढ्ने तथा व्यापार व्यवसायमा पनि फाइदा हुने योग छ।
धनु – तपाइको आज वित्तिय संस्थाबाट सहयोग पाइएला। दाम्पत्य जीवनमा
मधुरता छाउन सक्छ। मान प्रतिष्ठामा वृद्धि हुनुको साथै समाजिक कार्यमा मन जाला।
मकर - मकर राशीका आज शैक्षिक क्षेत्रमा
सफलता मिल्ने, दाम,
इनाम र प्रतिष्ठा कमाउने र धैर्य एवं
लगनशीलताले अवसर पनि दिलाउने समय छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज आफूलाई कमजोर भएको
अनुभूति होला। आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन सक्ने हुनाले सचेत रहनु उचित
होला।
मिन –
तपाइको आज शुभकार्यको
चर्चा हुनेछ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध होला। विशिष्ट व्यक्तिको सहयोग पाइएला।
नयाँ ज्ञान सिक्ने मौका मिल्न सक्छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता