Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक २९ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | २९ कार्तिक २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल कार्तिक २९ गते, कार्तिक शुक्ल द्वितिया तिथी बुधबार । आज तिहारको पाँचौ दिन भाइटिका । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज उमङ्ग र उत्साह यथावत रहला, महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ। नजिकैको व्यक्तिले मन दुखाउन सक्ने हुनाले  सचेत रहनुहोला।

वृष – तपाइको आज वैदेशिक कार्य अघि बढेर जानेछ। मनमा शान्तिको अनुभूति होला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने तथा कार्य सम्पादनमा सहजता मिल्न सक्छ।

मिथुन - तपाईको आज कलासाहित्य तथा सङ्गीतमा मन जाला, प्रेमीको सहयोग प्राप्त होला। सामाजिक क्षेत्रमा रुचि बढ्नुका साथै चिन्ता छाडेर चिन्तन गर्ने समय रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज सामाजिक कार्यमा मन जान सक्छ, लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान। शुभकार्यको चर्चा हुनेछ। सांगीतिक क्षेत्रमा रुचि बढेर जानेछ।

सिंह – तपाईको आज आज वचन पूरा गर्न नसक्दा आलोचित भइएला, गरेका कार्यमा अवरोध र ढिलासुस्ती आउला। आजको यात्रा र आतिथ्य खर्चिलो हुनेछ।

कन्या - कन्या राशीका तपाईको आज सोच्दै नसोचेको धन प्राप्त होला, आफन्तबाट अथवा विदेशबाट राम्रो समाचार प्राप्त र पुराना साथीभाइसित भेटघाट तथा रमाइलो हुनेछ।

तुला - तपाइको आज सामान हराउन सक्नेछ, आदर्श व्यक्तिसँग भेटघाट होला। मनोरञ्जनात्मक कार्यमा सरिक भइएला। शुभ र नयाँ कार्यको चर्चा हुनेछ।

वृश्चिक – तपाईको आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला, शुभ समाचार सुन्न पाइनेछ। बन्धुबान्धवबाट सहयोग मिल्ने तथा राजनैतिक कार्यमा सफलता पाइनेछ।

धनु – तपाइको आज साँझमा पैसा खर्च हुने योग छ। अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ। यात्रामा मालसामान हराउने र कार्य सम्पादनमा समस्या आउनेछ।

मकर - मकर राशीका तपाइको आज शुभ कार्यको चर्चा हुनेछ, रोकिएका काम दोहोर्याएर गर्दा फाइदा होला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता पाइनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज साहित्यिक क्षेत्रमा रुचि बढ्ने र नयाँ व्यक्ति सँग भेटघाट हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। बहुमूल्य वस्तु हात पर्नसक्नेछ।

मिन – तपाइको आज दिनको उत्तरार्ध सुखद् रहला, रमणीय र सुखद् यात्राको तथा प्रभावकारी बोलीले कार्य सफल हुने र वित्तिय संस्थाबाट सहयोग पाइने योग रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप