Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज असार २० गते बुधबारको राशीफल।

  •   ३ वर्ष अघि | २० असार २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल असार २० गते, साउन कृष्ण द्वितिया तिथी बुधबारन्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आजबाट पुराना र रोकिएका कार्य पुन: प्रारम्भ होला। गरेको कार्य सम्पादनमा सहजता आउला, चोटपटकको भय रहेकोले छ, सचेत रहनु आवश्यक छ।

वृष - तपाईको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान। विशिष्ट व्यक्तिको सहयोग पाइएला। विद्या र बुद्धिको विकास होला। नयाँ ज्ञान सिक्ने अबसर मिल्ला।

मिथुन - तपाईको आज रमणीय र सुखद् यात्राको, दैनिक कार्यमा प्रगति हुने, वित्तिय संस्थाबाट सहयोग पाइने र दिनको उत्तरार्ध बढी सुखद् रहने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज महत्त्वपूर्ण कार्यमा व्यवधान आउनसक्छ। आर्थिक कारोबारमा विवाद आउने र नजिक व्यक्तिबाट धोका पाइने हुनाले सचेत बन्नुहोला।

सिंह तपाईको आज रमाइलो यात्राको, बन्धुबान्धवबाट सहयोग मिल्ने, राजनैतिक कार्यमा सफलता मिल्ने, मनमा हर्ष, उमङ्ग र उत्साह छाउने योग रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज रमणीय र सुखद् यात्राको योग रहेको छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ। न्यायिक कार्यमा सफलता पाइएला।

तुला - तपाइको आज रोकिएका काम दोहोर्याएर गर्दा फाइदा होला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्ने समय छ।

वृश्चिक  तपाईको आज आर्थिक कारोबारमा मन्दी आउला। मनमा दुबिधा उत्पन्न हुने र सौन्दर्यतामा धन खर्च हुने तथा प्रेममा मनमुटावका साथै मन कमजोर रहन सक्छ।

धनु  तपाइको आज आँटेको र ताकेको कार्य पुरा भइ कार्य सम्पादनमा सहजता मिल्नसक्छ। व्यापार व्यवसायमा सफलता होला। वैदेशिक कार्य अघि बढ्ला।

मकर - मकर राशीका तपाइको आज प्रेमीको सहयोग प्राप्त होला। टेक्निकलको क्षेत्रमा रुचि बढ्ने तथा चिन्ता छाडेर चिन्तन गर्ने र कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ने समय छ ।

कुम्भ - कुम्भ राशीका तपाइको आज प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्ला। स्वास्थ्य सम्बन्धी समस्याले सताउला भने आफन्त तथा विश्वास गरेकैबाट धोका होला।

मिन – तपाइको आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होला। शुभकार्यको चर्चा हुने तथा सांगीतिक क्षेत्रमा रुचि बढ्ने र सामाजिक कार्यमा मन जाने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

 

  • न्युज बहार संवाददाता

थप