Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज चैत्र १४ गते मंगलबारको राशीफल।

  •   ४ वर्ष अघि | १४ चैत्र २०७९, मङ्लबार

शुभ बिहानी, चैत्र १४ गते चैत शुक्ल सप्तमी तिथी मंगलबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको आज आँटेको र ताकेको कार्य पुरा हुन सक्छ। पारिवारिक सद्भाव बढेर जाला। व्यापार व्यवसायमा औसत लाभ हने र वैदेशिक क्षेत्रको कार्य सफल हुने समय छ।

वृष – आज तपाईको सोचेको आँटेको काममा फाइदा हुने छ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा होला। मनोरञ्जनमा सहभागि भइएला।

मिथुन – तपाईले आज आफ्नो अधिकार प्राप्तिका लागि गरेको प्रतिस्पर्धामा विजयी हुनुहोला। जोशजाँगर र हिम्मत बढ्ने र अरुको मन जित्न पनि सकिने समय रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको आज निर्णय कार्यान्वयन हुन नसक्ने समय छ। आफ्नो विचार विपरित निर्णय होला। नजिकका व्यक्तिबाट काममा बाधा आउन सक्छ भने आत्मबलमा कमी पनि आउनेछ।

सिंह –तपाईको आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। नयाँ क्षेत्रमा लगानीको अवसर जुट्नेछ। शेयर बजार अथवा पुँजी बजारको लगानीले पनि राम्रो लाभ दिनेछ।

कन्या –   आज कन्या राशीका तपइहरुलाई स्वास्थ्यमा सुधार आउन सक्छ। अचल सम्पत्ति हात पर्ने छ। न्यायिक कार्यमा सफलता मिल्ने र व्यापार, व्यवसायमा लाभ हुनेछ।

तुला – आज तपाइको अधुरो र नयाँ कार्यको थालनी हुने समय छ। भाग्यले विभिन्न अवसर दिनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पनि मिल्ने योग छ।

वृश्चिक - आज तपाईको मनमा निराशा र शरीरमा आलस्य आउन सक्छ। अनावश्यक ठाउँमा धन खर्च हुने र प्रेममा मनमुटाव आउने छ, भने सफल यात्राको योग रहेको छ।

धनु – आज तपाइ समाज सेवा गरी लोकमा प्रसिद्ध भइनेछ। स्वास्थ्यमा सुधार आउन सक्छ। आफन्त सँगको सम्बन्ध पनि गाढा र सुमधुर रहला। तीर्था यात्राको योग पनि रहेको छ।

मकर - मकर राशीका तपाईको आज बन्धु बान्धवबाट सहयोग मिल्ने र कार्य क्षेत्रमा प्रगति हुनेछ। चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध होला भने बाहन सुख पनि मिल्ने योग छ।

कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज इच्छा र आकाङ्क्षा पूर्ण हुने समय छ। एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ने समय छ।

मिन – तपाईको आज शरीर भारी र मन अस्थिर रहने देखिन्छ । पुँजी बजार भने ठिकै रहला। दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्ने छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप