शुभ बिहानी, आज चैत्र ५ गते चैत कृष्ण द्वादशी तिथी आइतबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको आज मठमन्दिरको भ्रमणले काम
सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्ने योग छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला।
चिताएको कामले तीव्रता लिनेछ।
वृष – तपाईको आज अधिकार
प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने देखिन्छ। बुद्धिको उपयोग राम्रो
सँग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ।
मिथुन – आज तपाईंको सामान हराउन सक्नेछ। सहयोग गर्नेहरूले
झुक्याउन सक्लान
सावधान रहनुहोला। आफूलाई कमजोरी भएको अनुभूति
हुन सक्छ।
कर्कट - कर्कट राशी हुनेहरुको आज रमाइलो
यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा हुनेछ। लामो समयदेखि रोकिएका
अधुरा कामहरू पनि पुरा हुने देखिन्छ।
सिंह –तपाईको आज कुनै कुराले
मनमा शान्ति छाउनेछ भने शुभकार्यको चर्चा पनि चल्नेछ। व्यापार र पेसाव्यवसायका
क्षेत्रमा उन्नति प्रगतिको वातावरण रहनेछ।
कन्या – आज कन्या राशीका तपइहरुलाई तर्क र विवादमा राम्रो सफलता
मिल्ने देखिन्छ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना रहेको छ।
जटिल ठानिएको काम सम्पादन हुदै जानेछ।
तुला –
तपाइको आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्नेछ।
दबाब र तनाव बढेको महसुस होला। यात्रामा सावधानी अपनाउनु पनि पर्ने देखिन्छ।
वृश्चिक - आज
आज लामो समयदेखि रोकिएको कामको गाँठो फुकेर सल होला। जग्गाजमिनको कारोबारबाट
राम्रो फाइदा हुने र न्यायिक कार्यमा सफलता मिल्नेछ ।
धनु – तपाइलाइ आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नोकरी
गर्नेले मानसम्मान पाउने योग छ। लाभदायक यात्राको सम्भावना रहेको छ।
मकर - मकर राशीका तपाइको आजको दिन
मनोरञ्जनपूर्ण समय हुनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ला र
अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउने योग।
कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज अनावश्यक वादविवाद बढ्न सक्छ। पारिवारिक जीवन सामान्यनै रहनेछ भने
विद्यार्थीले पढाईमा अलिक बढी ध्यान दिनुपर्ने समय आएको छ।
मिन - तपाईलाई
रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। मित्रताको
बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्ने योग छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता